Home Uncategorized चितवनमा खोलाले बगाउँदा एक महिलाको मृत्यु

चितवनमा खोलाले बगाउँदा एक महिलाको मृत्यु

चितवन । खोलाले बगाएर चितवनमा आजदिउसो एक महिलाको मृत्यु भएको छ । जिल्लाको खैरहनी नगरपालिका वडा नं. १ शाहीचोक बस्दै आएकी ३४ वर्षीया कल्पना श्रेष्ठ (रिजाल)को स्थानीय लदरी खोलाले बगाएर ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

रत्ननगर वडा नं. १४ माधवपुर घर भै हाल खैरहनी बस्दै आएकी उनि लदरी खोलामा न्यूरो टिप्ने क्रममा चिप्लीएर लड्न पुग्दा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको १५ जनाको प्रहरीको टोलिले उनको शव घटनस्थलबाट १० मिटर तल फेला पारेको थियो । मृतक कल्पना श्रेष्ठ (रिजाल)को शव पोष्ट मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

https://ujyaalonepalnews.com/archives/22216

Previous articleपातारासी गाउँपालिकाको बजेट ४५ करोड : शिक्षा कृषि र सडक प्राथमिकतामा
Next articleबुढीगण्डकी बनाउन कम्पनी स्थापना गर्ने सरकारको निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।