लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राद्यापक शर्मालाई

लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यो वर्षको लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राध्यापक गोपीकृष्ण शर्मालाई प्रदान गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा करिब चार दशक संलग्न रही साहित्य सिर्जना, भाषा, व्याकरण एवं अनुसन्धान क्षेत्रमा विशेष योगदान गर्नुभएका शर्माको योगदानको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले बताउनुभयो ।

सम्मान तथा पुरस्कार यही असार १७ गते प्रदान गरिनेछ । सो अवसरमा ‘लीलाध्वज थापा जीवन काव्य’, ‘विजयध्वज थापा व्यक्ति तथा कृति’ र ‘रहस्य गहिरो छ’ मुक्तक सङ्ग्रहसमेत विमोचन गरिनेछ ।

नेपाली भाषा साहित्यका क्षेत्रमा करिब छ दशकदेखि विशिष्ट योगदान पु¥याउँदै आउनुभएका शर्माले कविता–काव्य, निबन्ध, समालोचना, सम्पादन, अनुसन्धान, पाठ्यपुस्तक लेखन, शब्दकोष निर्माणलगायत विविध विधाका कृति प्रकाशन गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/22270

Previous articleपर्खाल भत्किएर पुरिँदा भक्तपुरमा एकको मृत्यु
Next articleहलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।