गोरखा –गोरखा जिल्लाको हिमालपारीको गाउँ पालिकाको रुपमा चिनिने चुमनुब्रिमा सिलाइ-कटाइ तालिम सम्पन्न भएको छ ।
प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (CTEVT) गण्डकी प्रदेश र चुननुब्रि गाउँ पालिका उद्यम बिकास शाखा सिर्दिबासको संयुक्त आयोजनामा सो तालिम भएको थियो ।

३९० घण्टाको यो तालिमको मुख्य उदेश्य विकट र दुर्गमका स्थानीयलाई प्रबिधि हस्तान्तरण गर्नु रहेको आयोजकले जानकारी दिएका छन ।
तालिमले स्थानीयलाई सीप र ज्ञानसँगै स्वरोजारको अवसर श्रृजना गर्ने चुमनुब्रि गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामकुमार गुरुङले जानकारी दिनुभयो ।।
https://ujyaalonepalnews.com/archives/22290


