घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

https://ujyaalonepalnews.com/archives/22342

Previous articleसूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना
Next articleनेपाली चलचित्र र कलाका बारेमा अध्यक्ष दाहाल र महानायक हमालबीच छलफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।