आलापोटका किसानहरूलाई पाडा वितरण

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ आलापोटका अति विपन्न किसानहरूलाई पाडा वितरण गरिएको छ ।

आलापोटमा हिजो आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र ललितपुरले १८ पाडा वितरण गरेको हो ।

कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य एवं पूर्व प्रदेश मन्त्री रामेश्वर फुयाँलले किसानका लागि सहयोग कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३–ख का १० वडामा अति विपन्न किसानका लागि विनियोजित रु. ५० लाखबाट पाडापाडी, बाख्रा र बङ्गुर वितरण गरिएको बताउनुभयो ।

पूर्व मन्त्री फुयाँलले वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत ‘भैँसी हुन: कालो सुन’ भन्ने नाराका साथ कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो ।

किसानहरूको छनोट सम्बन्धित वडा समितिहरूले गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । वितरण गरिएका पाडाहरूको बीमा समेत गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/22363

Previous articleनेप्सेमा पहिरो, दुई कम्पनीको शेयरमा सर्किट
Next articleमोदीका किसानलाई दूधमा अनुदान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।