नगर प्रमुख भएसंगै लामाद्धारा विपन्न परिवारको लागी ५ घर निर्माण

भण्डारा । राप्ती नगरपालिका वडा नं ६ की सुकमाया परियारको घर नगर प्रमुख शमशेर लामाको पहलमा निर्माण भएको छ । लामाले परियारको घरको अवस्था थाहा पाए पछि नगरमा रहेको गरिवि निवारणको बजेट मार्फत परियारको घर निर्माण गर्नुभएको हो ।

लामाले यो आर्थिक बर्षमा मात्र ५ वटा घर बनाउने बताउनु भयो । आउदो आर्थिक बर्षमा आफुले थाहा पाए सम्म जानकारी पाए सम्म विपन्न परिवारको घर निर्माणलाइ पहिलो प्राथमिकतामा राख्ने बताउनु भयो ।

लामाले अहिले निर्माण भएका घर निर्माणमा कोहि कसैको सिफारिस भन्दा पनि नगरले थाहा पाए पछि परियारको घर बनाउने बताउनु भयो । लामाले एक महिला अगाडी परियारको घरको अवस्था जानकारी पाउनु भएको थियो ।

उहाले विगत १७ बर्ष यता ५५ बर्षकी परियार र उनका श्रीमान सो टालटुल घरमा बस्दै आउनु भएको र आफुले अहिले आएर थाहा पाए पछि घर निर्माणमा आफु लागि परेको बताउनु भयो । परियार को घर निर्माणमा नगरले दुइ लाख रुपैया खर्च गरेको छ ।

https://ujyaalonepalnews.com/archives/22488

Previous articleरारा तालमा पुग्यो बिजुली
Next articleकेन्द्रीय समितिको बैठकमा माओवादी नेताले भने: आफ्नै खुट्टामा उभिऔँ, जीत निश्चित छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।