माओवादीको पदाधिकारी चयनको जिम्मेवारी पार्टी अध्यक्षलाई

काठमाडौं- नेकपा माओवादीको पदाधिकारी चयनको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।

प्रचण्ड निवास खुमलटारमा बसेको पार्टीको विस्तारित बैठकले पदाधिकारी चयनका साथै स्थायी समिति र पोलिटब्युरो गठनको जिम्मेवारी पार्टी अध्यक्षलाई दिएको हो ।

माओवादी केन्द्रको जारी केन्द्रीय सिमित बैठकमा नेताहरुले पार्टी पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

गत पुषमा सम्पन्न आठौ महाधिवेशनमा पार्टी अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गर्न सकेको थिएन । मुख्यगरी महासचिव पदमा धेरै नेताहरु आकांक्षी देखिएपछि पदाधिकारी चयन प्रक्रिया माओवादीकालागि पेचिलो बन्दै आएको छ ।

यसैबीच माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक हिजो स्थगित भएको छ । हिजो ११ बजे बस्ने भनेको बैठक आज १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

हिजोको बैठकमा नेताको रिपोटिङ्पछि प्रचण्डले जवाफ दिने कार्यसूची रहेको थियो । गत १९ गते देखि जारी केन्द्रीय समिति बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दै प्रदेश इन्चार्ज अध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नुभएको थियो ।

यस्तै नेताहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्न, स्थानीय तह चुनावमा भएको अन्तरघात बारे छानविन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।-

https://ujyaalonepalnews.com/archives/22525

Previous articleपर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ
Next articleअपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।