पाख्रीवास नगरपालिकाको कुल बजेट ७६ करोड, ५५ लाख 

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाको १० औँ नगरसभाको पहिलो बैठकले आगामी आर्थिक बर्ष २०७९/०८० को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । 

नगर प्रमुख ज्ञानबहादुर गुरुङले १० औँ नगरसभाको पहिलो बैठकमा २२ पृष्ठ लामो वार्षिक नीति, तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ भने उप–प्रमुख नम्रता देउजाले आ.व.०७९/०८० को लागि ७६ करोड, ५५ लाख, ५७ हजार बराबरको अनुमानित आय–व्यय प्रस्तुत गर्नुभएको छ । नगर प्रमुख गुरुङले प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता कृषि पेशालाई दिइएको छ ।

त्यसैगरी उप–प्रमुख नम्रता देउजाले आर्थिक बर्ष ०७९/०८० को लागी पाख्रिबास नगरपालिकाको लागि ७६ करोड ५५ लाख ५७ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गर्दै अनुमानित आय–व्यय प्रस्तुत गर्नुभएको छ । 

कुल बजेटको आय तर्फ सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान तर्फ १० करोड ६० लाख, सङ्घीय सरकारको सशर्त अनुदान तर्पm २४ करोड ३१ लाख, प्रदेश सरकार सशर्त अनुदान १ करोड १६ लाख १० हजार, प्रदेश सरकार समपूरक अनुदान तर्फ कन्स्ट्रक्सन अफ भुल्केदेवी मुहान सिमसार पार्क एण्ड कन्जर्भेसन वक्रसको लागि १ करोड, प्रदेश सरकार वित्तीय समानिकरण तर्फ ५५ लाख ८१ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड तर्फ २५ लाख, सङ्घीय सरकारको राजश्व बाँडफाँडबाट ८ करोड ७२ लाख, १७ हजार, आन्तरिक श्रोत तर्फ राजश्वबाट १ करोड, घरजग्गा रजिस्ट्रेसनबाट २५ लाख प्राप्त हुने अनुमानित आय रहेको छ ।

https://ujyaalonepalnews.com/archives/22602

Previous articleसहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ : मन्त्री श्रेष्ठ
Next articleसहकारीले व्यवसायी बनाएको गोलभेँडा गाउँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।