काठमाडौंमा थप दुई जनामा हैजा पुष्टीः स्वास्थ्य सावधानी अपनाउन अपिल

काठमाडौं- काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप दुई जनामा हैजाको बिरामी भेटिएको बताउनुभयो । ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।

कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौँ–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उहाँले बताउनुभयो ।

थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ । अहिलेसम्म तीन जनाको उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किसकेका छन् ।-

https://ujyaalonepalnews.com/archives/22627

Previous articleसवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान
Next article६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।