जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार

जापानका भूतपूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । जापानको नारा शहरमा एउटा कार्यक्रममा सहभागी भइरहेको बेला आबेमाथि गोली प्रहार भएको एनएचकेले जनाएको छ ।

कार्यक्रममा बोल्दै गर्दा गोली लागेका आबे भुईंमा ढलेका थिए र उनको शरीरबाट रगत बगिरहेको थियो । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । जापानमा यस्ता आक्रमण विरलै हुन्छन् । जापानमा पेस्तोल बोक्न प्रतिबन्ध छ । घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/22629

Previous article६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै
Next articleबजार मूल्य नियन्त्रण गर्न ध्यानाकर्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।