पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गर्नुभएको छ । “मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो”, प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।

उहाँले शोकको यस दुःखद् घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गर्नुभएको छ । शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली लागि घाइते हुनुभएका पूर्वप्रधानमन्त्री शिन्जोको निधन भएको हो ।

https://ujyaalonepalnews.com/archives/22643

Previous articleसरकारी जग्गा ‘लिज’मा दिन नयाँ प्रबन्ध
Next articleथप ९८ जनामा सङ्क्रमण पुष्टि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।