रुपन्देहीमा सिकलसेलका बिरामी बढे

रुपन्देही- थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या रुपन्देहीमा बढ्दै गएको छ । जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले सिकलसेल तथा थालसेमिया रोगसम्बन्धी कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जिल्लामा २७ रोगी रहेका छन् ।

जसमा महिला १८ र पुरुष नौ रहेका छन् । सबैभन्दा बढी तिलोत्तमामा पुरुष चार र महिला पाँच गरी नौ रहेका छन् । त्यसैगरी सियारीमा पुरुष एक, महिला तीन, शुद्धोधनमा पुरुष एक, महिला तीन, गैडहवामा पुरुष दुई, महिला दुई, बुटवलमा महिला तीन, ओमसतियामा महिला पुरुष एक/एक र सैनामैनामा एक महिला रहेका छन् ।

रुपन्देहीसहित लुम्बिनी प्रदेशको ६ जिल्लामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । बर्दियामा सबैभन्दा बढी बिरामी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । २१९ महिला र १७५ पुरुष गरी ३९४ बिरामी बर्दियामा मात्रै रहेका छन् । बाँके जिल्ला यो रोगको धेरै बिरामी रहेको आधारमा लुम्बिनी प्रदेशमा दोस्रो नम्बरमा पर्ने गर्दछ । बाँकेमा ६५ महिला र ५७ पुरुष गरी १२२ बिरामी रहेको तथ्याङ्कले देखाउँछ । दाङमा १३ महिला, १८ पुरुषसहित ३१, कपिलवस्तुमा एक, महिला र एक पुरुष गरी दुई बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

https://ujyaalonepalnews.com/archives/22651

Previous articleहालसम्म सञ्चालित उद्योग प्रतिष्ठानहरूको सङ्ख्या ६० हजार १८५
Next articleचैनपुर ट्याक्टर दुर्घटना : घाइतेको सङ्ख्या ४२ पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।