चीनमा नेपालीहरू कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छन् : राजदूत हु याङछी

काठमाडौं, २२ माघ । चीन सरकारले चीनको वुहान शहरमा रहेका नेपालीहरू कोरोना भाइरसको संक्रमणवाट सुरक्षित रहेको भन्दै हालसम्म कसैमा पनि उक्त संक्रमण नदेखिएको स्पष्ट पारेको छ ।

नेपालका लागि चीनका राजदुत हु याङछीले नेपाली सञ्चारमाध्यामलाई दिएको एक अन्तर्वार्तामा केही सञ्चार माध्याममा चीनमा केही नेपालीहरुलाई विमानस्थलमा रोकिएको समाचार आएको बताउँदै शरीरको तापक्रम बढी देखिँदा उनीहरूलाई रोक्नु परेको जानकारी दिइन् ।

राजदुत याङछीले यदि नेपालले आफ्ना नागरिकलाई फिर्ता ल्याउन जोड गरेमा नेपालीले त्यसअघि विमानस्थल क्वारेनटाइन, महामारी रोक्ने संयन्त्र र विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको सरसल्लाह लिनु जरुरी रहेको बताइन् ।

वुहानमा रहेका नेपालीहरुलाई चाहिने सरसामान प्रदान गर्न चिनियाँ विदेश मन्त्रालय, स्थानीय सरकार र सम्बन्धित विश्वविद्यालय प्रतिवद्ध रहेको चिनियाँ दुतावासले स्पष्ट पारेको छ ।

The post चीनमा नेपालीहरू कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छन् : राजदूत हु याङछी appeared first on Koshi Online.

रत्ननगर बालमैत्री नगर घोषणा

Previous articleकोरोना भाइरसले भ्रमण वर्षमा ठेस लाग्यो : प्रचण्ड
Next articleपार्टी र सरकारकाबीचमा असमझदारी छ की भन्ने शंका अन्त्य –अध्यक्ष दाहाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।