मौद्रिक नीतिका लागि रायसुझाव माग

file photo

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । 

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार बैङ्कले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो । 

उक्त ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैङ्कलाई दिएको छ । राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले इमेल monetarypolicy@nrb.org.np मा रायसुझाव उपलब्ध गराउन सूचित गरेको छ । 

राष्ट्र बैङ्कले यसअघि आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरेको थियो । सामान्यतया बजेट पेश भएको एक महिनापछि मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ । आर्थिक वर्ष २०७९/८० को बजेट जेठ १५ गते सङ्घीय संसद्मा पेश भएको थियो । 

मौद्रिक नीतिमा अल्पकालीन कर्जाको ब्याजदर, मुद्रा आपूर्ति, मुद्रास्फीति नियन्त्रण गर्ने तथा मुद्राको स्थायित्व कायम गर्ने र राष्ट्रको मुद्रामा विश्वास कायम गराउन लक्ष्य लिने नीति हो । 

कुनै पनि मुलुकको मौद्रिक नीति त्यस देशको केन्द्रीय बैङ्कले निर्माण गर्छ । अर्थतन्त्रमा मुद्रा प्रदायकको स्तर कति रहनुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा प्रवाहित वा उपभोग हुनुपर्छ भन्ने विषय मौद्रिक नीतिले निर्धारण गर्छ । रासस

https://ujyaalonepalnews.com/archives/22725

Previous articleमधेश प्रदेशको कृषि : १२ चुनौती, आठ सम्भावना
Next articleकर्णाली प्रदेश : चालु आवमा ६२ प्रतिशत बजेट खर्च
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।