
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति समय र अर्थतन्त्रले चाहेअनुसारको आउने बताउनुभएको छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल उद्योग वाणिज्य महासङ्घले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर अधिकारीले मौद्रिक नीति अर्थतन्त्रलाई स्थिर बनाउने गरी तर्जुमा हुने भएकाले व्यवसायीले मागेका सबै कुरालाई समेत मौद्रिक नीतिले सम्बोधन गर्न नसक्ने बताउनुभयो ।
अझै पनि अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले पहिला सिस्टमलाई ठिक ठाउँमा राख्नुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र स्थिर भएमात्र सबैले काम गर्न सहज हुने बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/22733


