राष्ट्रपतिद्वारा लम्साल र रेग्मीलाई आवासीय राजदूत पदमा नियुक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

यसैगरी, उहाँले भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले सो जानकारी दिनुभएको हो ।

https://ujyaalonepalnews.com/archives/22777

Previous articleमधेस प्रदेशको विकास खर्च ४३ प्रतिशत मात्र 
Next articleभक्तपुरबाट यातायात कार्यालय सार्न लागिएकामा विरोध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।