महिलाहरूका लागि डल तथा कुसन बनाउने तालिम सम्पन्न

Click Image

दोलखा । उज्यालो भविष्य संस्थाले भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरूका लागि डल तथा कुसन बनाउने तालिम दिएको छ । पाँच दिने तालिमका सहभागीहरूलाई भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा मन्तव्य व्यक्त गर्नुहुँदै नगरप्रमुख मानन्धरले महिलाहरूले आफु कमजोर छु भन्ने मानसिकता हटाउन जुनसुकै काममा पनि पुरुषसँग प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताउनुभयो ।

उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन बस्नेतको सभापतित्वमा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष तारानाथ चौलागाई, नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका सभापति दीपशङ्कर चौलागाई, नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका सभापति गोकर्ण प्रसाद पोखरेल र आवाज नेपाल दोलखाको अध्यक्ष सृजना कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिममा विभिन्न क्षेत्रका ३८ जना महिलाहरूको सहभागिता रहेको आयोजक उज्यालो भविष्य संस्थाका अध्यक्ष बस्नेतले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/22783

Previous articleमौद्रिक नीति कसिलो कि खुकुलो ?
Next articleअध्यक्ष दाहालसँग लिउ जियानचाओको भेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।