Home Uncategorized गुल्मीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

गुल्मी- गुल्मीमा हिजो बेलुकी भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासबाट इस्मातर्फ जाँदै गरेको ग १ ज ५८८९ नम्बरको डबल क्याप जीप रेसुङ्गा नगरपालिका वडानम्बर–४ मसिनापोखरी नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा घाइते ६ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेर इस्मा गाउँपालिका वडानम्बर–४ निवासी ५८ वर्षका लेकबहादु पल्ली, ५९ वर्षका रुद्रबहादुर पल्ली, ५९ वर्षकी नर्मती घिमिरे, ६८ वर्षका ज्ञानबहादुर बस्नेत, ५६ वर्षकारिकबहादुर दर्लामी, ५८ वर्षका केशबहादुर पल्ली घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नर्मती र केशबहादुरलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।-

https://ujyaalonepalnews.com/archives/22796

Previous articleप्रदेश नम्बर एकलाई ‘नाम’को सकस
Next articleसरकारको एक वर्षः बाढीले क्षतिग्रस्त मेलम्चीको पूर्वाधार पुनःनिर्माण, राजधानीवासीलाई खानेपानी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।