अवैध कपडा र चिनी बरामद

नवलपुर। भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो ।

प्रहरीले बरामद गरेको कपडा र चिनीको हालको बजार मूल्य करिब रु ५४ लाख ३६ हजार बराबारको रहेको जनाइएको छ । सामानको बिलबिजक नभेट्टाएपछि नियन्त्रणमा लिइएको कपडा र चिनी सोमबार नै आवश्यक कारबाहीका लागि राजस्व कार्यालय रुपन्देहीमा पठाइएको प्रमुख महर्जनले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/22798

Previous articleसरकारको एक वर्षः बाढीले क्षतिग्रस्त मेलम्चीको पूर्वाधार पुनःनिर्माण, राजधानीवासीलाई खानेपानी
Next articleक्यान्सरपीडितलाई आर्थिक सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।