जोखिममा बेनी बजार

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारबासी सधै बर्खा लाग्यो भने रातभरी निदाउन पाउँदैनन् । म्याग्दी र कालीगण्डकीको दोभानमा अवस्थित बेनीका दुवै नदीमा आउने बाढीले गर्ने कटानको जोखिम छ ।

एक हजार भन्दा बढी घर र सरकारी भवन भएको बेनी बजारमा सधैं बर्खामा कटान र बाढीको त्रास हुने गरेको छ ।

गत बर्खामा कालीगण्डकीमा आएको बाढीले कटान गरेर बेनीमा करिब १६० मिटर दुरिमा ग्यावीयन पर्खाल भत्काएको थियो ।

नदी नियन्त्रणको काम गर्दै आएको रुपाताल एकिकृत विकास संरक्षण परियोजनाले जोखिमयुक्त ठाउँमा कटान रोकथामको दिर्घकालिन संरचना बनाउन सकेको छैन् ।

स्थायी संरचना बनाउन ढिलाई भएकाले विकल्पमा ठुला ढुङ्गा थुपारेर बोलर स्किङ’ बनाउन थालिएको छ । बजार माथिको पाखोबाट आउने भलबाढी बेनीबासीका लागि अर्को टाउको दुखाइको विषय हो ।

नदी र बाढी नियन्त्रणका लागि सञ्चालित योजनाको समयमा काम नहुने र अधुरो हुदाँ कटान र बाढीको जोखिमले बजारबासीलाई चिन्तित बनाएको छ ।

नौ करोड ४५ लाख रुपैयाँमा परियोजनासँग ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सनले कालीपुलमा ८० मिटर पक्कि र मंगलाघाट स्थित म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पु¥याएको छ ।

गत बर्खाको बाढीले कटान गरेको ठाउँमा १६८ मिटर आरसिसी पर्खाल निर्माण गर्ने सम्झौता छ । तर काम भने अहिले सम्म पनी पूर्ण रुपमा काम हुन सकेको छैन ।-

https://ujyaalonepalnews.com/archives/22844

Previous articleआज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै
Next articleअध्यक्ष दाहालसहित चितवनको टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।