१७ लाख बढी भारतीय रुपैयाँसहित धनगढीका दुई युवक पक्राउ

धनगढी । सशस्त्र प्रहरीले कैलालीको धनगढीबाट दुई युवकलाई १७ लाख बढी भारतीय रुपैयाँसहित पक्राउ गरेको छ ।

उनीहरूलाई शनिबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको गस्ति टोलीले केन्द्रीय ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने १७ वर्षीय विवेक चन्द र सोही ठाउँका १८ वर्षीय सरोज धामी रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।

उनीहरुको साथबाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँ बरामद गरिएको छ। बरामद रुपैयाँ थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/23384

Previous articleअर्पणको रक्तदानमा ३७ जनाले गरे रक्तदान
Next articleभैंसी चराउन चार महिना वनवास !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।