काठमाडौं । काठमाडौको चावहिलस्थित सरस्वतीनगरमा सामान्य खाजा पसल चलाएर बस्ने एक महिलालाई लुटपाट गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
साउन ८ मा बिहान कुकुरलाई बाहिर दिशा गराउन खाजा पसलको सटर खोल्दा सुनसरीको धरान उपमहानगरपालिका–१० घर भएकी भीम कुमारी लिम्बुलाई समातेर उनको सुरुवालले हात खुट्टा बाधी मुखमा टेप टाँसेर लुटपाट गर्ने पाँच जना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी दिनशेराज मैनालीले बताएका छन् ।
उनका अनुसार पक्राउ पर्नेमा मकवानपुर घर भएका २४ वर्षीय उत्तम तामाङ, काठमाडौँको गोकर्णेश्वर घर भएका २२ वर्षीय भूपाल श्रेष्ठ, सिन्धुपाल्चोक घर भएका २४ वर्षीय कबिरजंग कुँवर र २२ वर्षका कल्याण कुमार सुवेदी तथा सुनको सिक्री किन्ने ४५ वर्षीय बुनु श्रेष्ठ छन् । सिन्धुपाल्चोकको तौथली घर भई चाबहिल बस्ने ४५ वर्षीय बुनु श्रेष्ठ रहेका छन् ।
विहानीको समयमा चार–पाँच जना युवाहरूले भीम कुमारीलाई हात, खुट्टा र मुखमा टेपले बाँधेर लुटेका थिए । उनीहरुले खाजा पसल सञ्चालिकालाई कुटपिट गरेर सुनको सिक्री, कुण्डल, औँठी र नगद लगेका थिए । लुटमा संलग्नहरूलाई कपन, जोरपाटी र माकलबारीबाट पक्राउ गरेर ‘डाँका गर्न नहुने’ कसुरमा प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।
लुटेरा समूहले कुट्दा खाजा घर सञ्चालिकको दुईवटा दाँत भाँचिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट लुटिएको २२ हजार नगद पनि बरामद गरेको छ ।
https://ujyaalonepalnews.com/archives/23505


