भारतले जित निकाल्दा नेपाल बाहिरियो

भारतले माल्दिभ्समाथि जित निकाल्दा नेपाल भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएको हो ।

योसँगै साविक विजेता भारत फाइनलमा प्रवेश गरेको छ भने नेपाल बाहिरिएको छ । भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा गोल गरे ।

अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइन प्रवेशको सम्भावना बाँकी राखेको थियो । तर, भारतले जित निकाल्न सफल भयो ।

https://ujyaalonepalnews.com/archives/23605

Previous articleअख्तियारको नियन्त्रणमा रहेका उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख बरामद
Next articleजबर’जस्ती कर’णी आरो’पमा भरतपुरका संजोग मगर पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।