रत्ननगरमा एउटै घरबाट साढे आठ तोला सुन चोरी

रत्ननगर १७ साउन । रत्ननगर नगरपालिका वडा नं १ बकुलहरको एक घरबाट गरगहना र नगद चोरी भएको छ । स्थानीय सीता केसी क्षेत्रीको घरबाट साढे ८ तोला सुन, चार तोला चाँदी र २५ हजार नगद चोरी भएको हो ।

घटना विहीवार राती भएको हो । प्रहरीबाट ढिलो गरी प्राप्त सुचना अनुसार घरको साढे दुई तला माथी रहेको दराज फोरेर चोरले गरगहना र नगद लगेको हो । क्षेत्री बुधवार पश्चिम चितवनको जगतपुर माइत गएको मौका छोपी घरमा चोरी भएको हो ।

चोरले विहीवारराती घरको मुल गेट, तीन वटा ढोका फोरेर दराजमा भएको गरगहना र पैसा चोरेर लगेको क्षेत्रीले जानकारी दिइन । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रविनबाबु रेग्मीले संकास्पद दुई तीन जनाको प्रहरीले निगरानी गरिरहेको बताए ।

परिवारसंगको समन्वयनमा संकास्पद दुई तीन जनालाई निगरानी गरिरहेका छौं उनले भने एक दुई दिन भित्र चोरहरु पक्राउ पर्नेछन् ।

https://ujyaalonepalnews.com/archives/23654

Previous articleश्रीमानले जब’र्जस्ती क’रणी गरेको भन्दै प्रहरीमा उजुरी
Next article‘मंसिर ४ गते रविबार र एकादशी परेछ, मासुभातले काम गर्दैन’ -रवि लामिछाने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।