चितवनमा तिन लाख नगद सहित १२ जना जुवाडे पक्राउ

Click Image

चितवन–जिल्ला प्रहरी कार्यालय चितवनले नगदसहित जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको छ । आज विहान ३ः४० बजेका समयमा भरतपुर–११ गणेशस्थान चोकस्थित सुदिप भण्डारीको घरमा जुवा खेल्दै गरेका १२ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुबाट ३२ थान कौडा, १ बुक तास र नगद ३ लाख ९ हजार ७६० रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर ११ बस्ने बर्ष २६ का सुमन भण्डारी, गोरखा भच्चेक–३ घर भएका वर्ष ३५ का बिष्णु बहादुर भण्डारी, भरतपुर ११ बस्ने वर्ष २६ का करण गुरुङ, भरतपुर २६ बस्ने वर्ष ४० का ईश्वर महत्तो, भरतपुर २० बस्ने वर्ष ४१ का दिनेश दवाडी, भरतपुर ११ बस्ने वर्ष २७ का किरण लोप्चन रहेका छन् ।

यस्तै अन्य पक्राउ पर्नेमा भरतपुर ११ बस्ने वर्ष २९ का राजेश बिक, भरतपुर १४ बस्ने वर्ष ५८ का सुरेशचन्द्र न्यौपाने, भरतपुर १२ बस्ने वर्ष ४४ का सालिकराम रेग्मी, भरतपुर ११ बस्ने वर्ष २६ का धनबहादुर बराल, भरतपुर ११ बस्ने बर्ष २० का सुदिप भण्डारी र भरतपुर ११ बस्ने वर्ष ४६ का दिपक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनबाट १० दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

सुदिप भण्डारीको घरमा जुवा खेलि रहेको भन्ने खबर प्राप्त हुना साथ सो स्थानमा प्रहरी बिट गणेश स्थानबाट प्रहरी हवल्दारको टोली र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

https://ujyaalonepalnews.com/archives/23695

Previous articleपश्चिम सेती र सेती नदी–६ निर्माणका लागि भारतीय कम्पनी एनएचपीसीसँग सम्झौता गरिने
Next articleअब विदेश बाट सिधै पोखरा: जनवरी १ देखि सञ्चालनमा आउँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।