माधव नेपालसहितको पार्टी एकता संयोजन समिति बन्छः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता संयोजन समिति बन्ने बताएका छन्। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा (एकीकृत समाजवादी)सँग सो समिति बनाउने विषयमा कुरा भइसकेको जानकारी दिए।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी एउटै चुनाव चिह्नबाट मंसिर ४ गते हुने संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताउँदै अध्यक्ष दाहालले भट्टराई नेतृत्वको पार्टी गठबन्धनभित्रै रहेको बताए । उनले भने, “सिट बाँडफाँट सल्लाहले नै गछौं। उहाँहरुले गठबन्धन छोड्नुभएको छैन। जसपामा हुँदा उहाँहरु समेत गठबन्धनमा सहभागी भएको हो। गठबन्धनले उहाँहरुलाई निकालियो भनेको पनि छैन।”

यसको आधिकारिकता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रहेको भन्दै उन यसबारेमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि सल्लाह गरिने भनाइ राखे।

उनले आगामी संघीय निर्वाचनपछि एउटै केन्द्र बनाउने समझदारी भएको उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले भने, “चुनाव पछाडि एउटै केन्द्र बनाउने समझदारीमा गएका छौं। नेपालको राजनीतिमा देशको परिवर्तन संस्थागत गर्ने, आर्थिक समृद्धिको यात्रामा लैजाने हो।” अरु वाम शक्तिलाई पनि समेटेर अघि बढ्ने उनले बताए ।

उनले त्यसरी बन्ने केन्द्रको नाम ‘नेकपा’ वा अरु केही पनि रहन सक्ने भन्दै धेरै ठक्कर खाएका नेताको बुद्धि आएको र अब देशले दुःख पाएको अवस्थामा सबैसँगै लिउर जाने कोसिस हुने भनाइ राखे ।

https://ujyaalonepalnews.com/archives/23833

Previous articleटोलटोलमा प्रचण्डको शालिक बनाएर बनाएर पूजा गर्ने पूजा गर्ने दिन आउँछ : वर्षमान पुन
Next articleअब बागमती प्रदेशमा समाचार लेखेकै कारण सञ्चार संस्थाका सञ्चालकलाई कैद सजाय नहुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।