दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, छ घाइते

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका –६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो ।

गोकुलेश्वरबाट खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका ६ जनालार्ई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उद्धार कार्यमा मालिकार्जुन प्रहरी चौकीको टोली र स्थानीय खटिएका छन् । दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।

यो पनि: कलेजका ५१ विद्यार्थी परे ट्राफिक प्रहरीको कारबाहीमा

१ भदौं, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष चेकिङ अभियानअन्तर्गत बुधबार ५१ जना कलेजका विद्यार्थीहरुलाई कारवाही गरेको छ । प्रहरीले सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसूरमा २१ जना गरी ५१ जना कलेजका विलार्थीहरुलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

प्रवक्ता भट्टका अनुसार बुधबार बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना, एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालक तथा मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३ सय २८ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् ।

https://ujyaalonepalnews.com/archives/23839

Previous articleअब बागमती प्रदेशमा समाचार लेखेकै कारण सञ्चार संस्थाका सञ्चालकलाई कैद सजाय नहुने
Next articleजाँड खाएर मरेकाको शालिक बनेको छ, युद्धमा मरेकाहरुको नामै छैन : केपी ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।