नागरिकता विधेयक पास गरेर यथासीघ्र प्रमाणीकरणका लागि पठाउनुपर्छ : पुन

काठमाडौंः सांसद वर्षमान पुनले नागरिकता जस्तो संवेदनशील विषयमा राजनीति गर्न नहुने बताएका छन् ।

नेपाल नागरिकता विधेयक २०७९ माथि छलफलमा भाग लिँदै सांसद पुनले यो विधेयकलाई पास गरेर छिटो प्रमाणीकरणका लागि पठाउन आग्रह गरे।

पुनले भने, ‘राष्ट्रपतिले पठाएको नागरिकता पुर्नविचार सम्बन्धी सन्देशमा संविधानसँग बाँझिएको कुरा उल्लेख छैन । यो विधेयकलाई पास गरेर प्रमाणीकरणको लागि पठाउने व्यवस्था हुनुपर्छ । यो विधेयक अन्तिम होइन । अहिलको आवश्यकताका लागि प्रस्तुत गरिएको हो।’

उनले नागरिकताविहीन भएकाहरुका लागि विधेयक ल्याइएको बताए।

पुनले भने, ‘लाखौं नेपाली नागरिकहरु बुवा -आमा नेपाली नागरिक छन् । उहाँका छोराछोरीले नागरिकता नपाएको अवस्थामा अफ्ठेरो फुकाउन मात्रै विधेयक ल्याइएको हो । आगामी दिनमा फेरि नागरिकता विधेयक प्रस्तुत हुन्छ भन्ने कुरा पनि आएको छ । ‘

https://ujyaalonepalnews.com/archives/23876

Previous articleसाउन बार्न माईत जान्छु भनेर हिंडेकी पुष्पा गेष्टहाउसको कोठामा मृत भेटिईन्
Next articleफ्लाई दुबई बाट काठमाडौँ ओर्लेका सोमबहादुरको भित्री वस्त्र पगाल्दा प्रहरी पर्यो चकित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।