मायाजालमा फसाएर बला’त्कारको आरोप लगाउंदै पैसा बार्गेनिंग गर्ने अर्को गिरोह पक्राउ

0
89

दाङ : दाङमा हनिट्रयापमा पारेर रकम असुली गर्ने महिलाको गिरोह सक्रिय देखिएको छ। पहिले योजनाबद्ध रूपमा पुरुषलाई मायाजालमा पार्ने र पछि बला’त्कारको आरोप लगाउदै रकम असुली गर्ने गिरोह सक्रिय देखिएको हो। दाङमा एक व्यवसायीलाई हनिट्रयाप पारेर आर्थिक लाभ लिन खोज्ने एक गिरोहलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ। दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्ने दिनेश घर्ती मगरलाई योजनावद्ध ढंगले मायाप्रेमको नाटक गरी रकम असुली गर्ने एक पुरुष र चार जना महिलाको समूहलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।

दिनेशलाई हनिट्रयापमा पार्ने घटनामा संलग्न रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका १० नारायणपुरका ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँ बस्ने ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया सर्मिला भनिने पर्मिला नेपालीलाई प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ परेको उनीहरूले दिनेशसँग प्रेमको नाटक गरी बल’त्कारको मुद्दा लगाउने ध’म्कि दिएर रकम असुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए। पक्राउ परेकामध्ये सर्मिला नेपालीले पीडित घर्तीलाई साउन २६ गते राती ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन्।

पछि बल’त्कारको मुद्दा लगाइदिने भन्दै रकम असुली गरेको प्रहरीको भनाइ छ। त्यसपछि सोही समूहले भोलिपल्ट साउन २७ गते ती व्यापारीसँग १ लाख रूपैयाँ नगद र ११ लाख २० हजारको चेक लगेको थियो। उनीहरूलाई रकम र चेक दिएपछि दिनेशले प्रहरीलाई जाहेरी दिए र घटना बाहिर आएको हो। दिनेशको जाहेरी लगत्तै उनीहरू सोही दिन अर्थात गत साउन २७ गते नै पक्राउ परेका थिए। प्रहरीले पाँच दिनसम्म अनुसन्धान गरेर उनीहरूलाई सार्वजनिक गरेको बताएको छ।

प्रहरीका अनुसार दिनेशलाई हनिट्रयापमा पारेर रकम असुल्ने योजना करिब एक महिनादेखि कै रहेको बुझिएको छ। पक्राउ परेका पाँच जनाका साथै स्थानीय अजय बुढाथोकी र लोकेन्द्र मगरसमेतको सहभागितामा एक महिनादेखि रकम असुल्ने योजना बनेको प्रमाणहरू फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए।

अजय र लोकेन्द्र फरार रहेको र उनीहरूको खोजी भइरहेको गौतमले जानकारी दिए। गौतमका अनुसार प्रमिलालाई सुनको तिलहरी बिक्री गर्ने बाहनामा दिनेशको पसलमा पठाएर चिनजान गराउने, फोन नम्बर साटासाट गराउने र नियमित कुराकानीमार्फत नजिक बनाएर कोठामा बोलाउने योजना उनीहरूको देखिन्छ। त्यही अनुसार व्यवसायीले कोठामा बोलाएर रकम असुल्ने प्रयास भएको देखिन्छ।

कोठामा आएको मौकामा सबै आएर ढोका खोल्ने र बला’त्कार गर्न खोजेको भनेर अप्ठेरोमा पारी उनीहरूले रकम असुलेको गौतमले बताए। पक्राउ परेका उनीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार आप’राधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए। दाङ देउखुरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति पाएको र अनुसन्धान गरीरहेको उनको भनाइ छ।

यसरी भएको थियो सुरुवात

घटनाका मुख्य योजनाकार वलीले व्यवसायी घर्तीको फोन नम्बर सोही समूहमध्यकी सर्मिलालाई उपलब्ध गराउएका थिए। सर्मिला सुनको तिलहरी बेच्ने बहानामा पसलमा गई व्यवसायी घर्तीकोसँग चिनजान गरी फोनमा कुराकानी गर्दै जानेक्रममा मायाजालमा पारी यही साउन २६ गते राति कोठमा आफू एक्लै भएको बाहानमा व्यापारी घर्तीलाई बोलाएकी थिन्।

सोही अवस्थामा मुख्य योजनाकार वलीसहित अन्य व्यक्तिहरू कोठामा गई व्यापारी घर्तीलाई समाति चेलीबेटीलाई बला’त्कार गर्ने भन्दै हातपातगरी आपरा’धिक लाभ लिन खोजिएको प्रहरी प्रमुख सुरेश काफ्लेको भनाइ छ। उनीहरूलाई अप’राधिक लाभ (एक्सटर्सन)को कसुरमा म्याद थपगरी कानुनी प्रक्रिया सुरु गरेको बताए।

प्रहरी प्रमुख एसपी काफ्लेले भन्छन्, ‘हनिट्रयापमा अनेक हिसाबले पारिएका घटना फेला परेका छन्। तर यसको नमाकरण त्यसरी गरिएको थिएन। समाजमा यस्ता घटना धेरै हुने गरेका छन् तर पनि व्यक्तिको सामाजिक प्रतिष्ठामा खलल आउने भन्दै गुपचुपमै मिलाउने गरेका छन्।’ यो सहित दाङमा अहिलेसम्म चारवटा यस्ता घटना भएका छन। सबै घटनामा प्रहरीले आरो’पीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल देखिएको छ।

घोराहीमा गत वर्षको असार ६ गते होटेलमा बोलाइ बियर र चिया खाएकै भरमा जबरजस्ती कर’णीको आरोप लगाएर तीन महिलाहरूले एक पुरुषलाई हनिट्रयामा परोर रकम असुली गरेका थिए। ५० लाखबाट बार्गेनिङ गरेर १८ लाखमा कुरा मिलाई अप’राधिक रूपमा रकम असुल गरेको पाइएपछि तीन जना महिलालाई पक्राउ गरी कानुनी कारबाही सुरु गरिएको छ। ‘हनि ट्रयापमा पारेर पैसा असुल्ने तीनजना महिलालाई पक्राउ गरी कानुनी दायरमा ल्याएका छौं’, उनले भने। अनुसन्धानले उनीहरूले पैसा असुल गरेको पुष्टि पनि भएको छ।

दाङका प्रहरी प्रमुख काफ्लेले पुरुषहरूलाई हनिट्रापमा पारेर रकम असुल गर्ने घोराहीका ३२ वर्षीया सितादेवी थापा, खुमा वली र घोराही सुस्मा परियार कानुनी दायरमा आएका छन। पाँच वर्षअघि पनि तुलसीपुरका एक व्यवसायीको हनिट्रयापमा पारेरै अपह’रण गरी ह’त्या भएको थियो। त्यो केसका पनि युवती प्रयोग भएको प्रहरी बताएको थियो।

केहो हनिट्रयापको अर्थ

हनिको अर्थ मिठो र ट्रयापको अर्थ जाल मिलेर ‘हनिट्रयाप’ बनेको हो। यसको अर्थ मिठोजाल हो। यसमा फँस्ने मानिसले कस्तो अवस्थामा आफू पुग्दैछु भन्ने अन्दाजसमेत गर्न सक्तैनन्। सुन्दर महिलाले हाइप्रोफाइल वा आम्दानी गर्ने मानिसलाई यसमा फँसा’उछन् र सडकमा पुराउने गर्छन्। प्रहरी प्रमुख एसपी सुरेश काफ्ले भन्छन्,’ सामाजिक अप’राध बढ्दो छ। अझ राम्रो आम्दानी गर्ने मानिसको खोजी नीति गरेर आपरा’धिक गिरोहले महिलालाई परिचालन गर्न थालेका छन।’

हनिट्रयाप रुसबाट सुरु भएको थियो। कुटनीतिक, सुरक्षा संयन्त्रका वैधानिक जानकारीका लागि अवैध हिसाबका मिसनका रूपमा सुरु गरीएको हनिट्रयाप नेपालसम्म आइपुग्दा अपराधको एउटा नयाँ श्रृङ्खला बनेकोछ।

https://www.ujyaalonepalnews.com/archives/23894

Previous articleभोली बुधबार पूर्वी चितवन क्षेत्रमा दिनभर विद्युत अवरुद्ध हुने
Next articleएकैदिन फोहोर बोकेका २८४ ट्रक बञ्चरेडाँडामा, थप ट्रक सहयोग गर्न बालेनको अपील