Home Uncategorized खैरहनीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

खैरहनीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

उज्यालो नेपाल, भदौ ०४- चितवनको खैरहनीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । खैरहनीको वडा नं. ४ चैनपुरमा नव कंकाली टोल विकास संस्था र वडा कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

वडा नं. ४ कै गणेश मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा  मुटु, पेट, कलेजो, सुगर, प्रेसर, किड्नी तथा पिसाब, दम, दाँत, नाक-कान-घाँटी लगायतका समस्या भएका झन्डै २०० जनाको स्वास्थ्य उपचार गरेको वडा सदस्य विवेक विशुरालले जानकारी दिए ।

खैरहनी नगर अस्पतालको विशेष प्राविधिक सहयोग रहेको कार्यक्रममा अस्पतालका डा. सन्देश न्यौपाने, बकुलहर रत्ननगर अस्पतालका नाक कान घांटी रोग विशेषज्ञ डा. मालती दुलाल, गुन्जमान सिंह अस्पताल रत्ननगरका जनरल सर्जन आशिष आचार्य, विरेन्द्र सैनिक अस्पताल छाउनीका डा. अच्युत कँडेल लगायतको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

शिविरमा झन्डै ५० प्रकारका औषधि समेत नि:शुल्क रुपमा वितरण गरिएको थियो ।

 

 

https://ujyaalonepalnews.com/archives/23936

Previous articleपरदेशको दु:ख- पसिनाले भिजेका जुत्ता मोजामा दिनभरि काम गर्न असाध्यै गाह्रो छ
Next articleझापा पुगेर ओलीले भने- गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।