Home Uncategorized चर्चित गायिका रचना रिमालको पूरा भयो पक्की घर बनाउने सपना

चर्चित गायिका रचना रिमालको पूरा भयो पक्की घर बनाउने सपना

गायिका रचना रिमालको झापामा बन्दै गरेको घर तयार भएको छ । झापाको चन्द्रगढीमा पुरानो घर भएको ठाँउमा चार कोठे पक्की घर निर्माण कार्य पुरा भएको हो । पछिल्लो समय एकदमै व्यस्त गायिकाको रुपमा परिचित रिमालले आफनो कमाइबाट बुबाआमाको लागि घर बनाउने सपना पुरा भएको बताइन् ।

उनले सामाजिक संजाल फेसबुकमा नयाँ घरको तस्बिर राख्दै आफनो सानैदेखिको सपना पुरा भएको भन्दै खुसी साटेकी छन् । सानैदेखि बुबाआमालाई एउटा घर बनाएर राख्ने सपना पुरा गर्दै उनले नयाँ बनेको घरमा बुबाआमालाई राखेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन् ,’सानैदेखि बाबाममिलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगितिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ । चन्द्रगडि झापामा पुरानो घर भएको ठाँउमा चार कोठे पक्कि घर निर्माण कार्य सकिएको छ , बाबाममि यहि घरमा बस्दै हुनुहुन्छ माया, साथ, हौसला र आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु। सदैव यहि क्षेत्रमा रहि सत्कर्म गर्ने छु ।’

रचनाको फेसबुक पोष्ट 

https://ujyaalonepalnews.com/archives/23945

Previous articleलोसपाका प्रदेशसभा सदस्य एमाले प्रवेश
Next articleम्यासेन्जरमा आएको लिंक क्लिक नगर्नुस्, नत्र फेसबुक ह्याक गरेर यसरी ठग्छन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।