Home Uncategorized भारतीय राजदूतले भेटे समाजवादी अध्यक्ष बाबुराम भट्टराईलाई

भारतीय राजदूतले भेटे समाजवादी अध्यक्ष बाबुराम भट्टराईलाई

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेका छन्। राजदूतका रुपमा एक महिनाअघि नेपाल आएका उनले राजनीतिक भेटघाटलाई निरन्तरता दिँदै भट्टराईसँग संवाद गरेका हुन्। भेटपछिको तस्बिर डा. भट्टराईले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। उक्त तस्बिरमा भट्टराई पुत्री मानुषी पनि देखिएकी छन्।

‘नेपालका लागि नयाँ भारती राजदूत नवीन श्रीवास्तवसँग एकदमै उपयोगी बैठक भएको छ’, भट्टराईले भनेका छन्, ‘भेटका क्रममा आपसी हितका विभिन्न मुद्दामा कुराकानी भएको छ।’ भट्टराईले आफू र श्रीवास्तवबीच व्यक्तिगत सम्बन्ध रहेको पनि बताएका छन्। ‘व्यक्तिगत रूपमा राजदूत श्रीवास्तवको मातृ संस्था आईआईटी मैले अध्ययन गरेको जवाहरलाल नेहरू विश्वविद्यालय एकै ठाउँ थिए’, उनले भनेका छन्।

 

https://ujyaalonepalnews.com/archives/24016

Previous article१६ भदौदेखि गौतमबुद्ध विमानस्थलमा जजिराको दैनिक उडान
Next articleमहानगरका कर्मचारी र शिक्षकले दलको सदस्यता नत्यागे कारबाही गर्ने मेयर बालेनको चेतावनी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।