Home Uncategorized सिट बाँडफाँटमा आज पनि कुरा मिलेन, भोलि फेरि बस्ने

सिट बाँडफाँटमा आज पनि कुरा मिलेन, भोलि फेरि बस्ने

१५ भदौ, काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक निष्कर्षमा नपुगी सकिएको छ ।

साँझ ५ बजेदेखि ८ बजेसम्म सिट बाँडफाँटको विषयमा छलफल गरेका शीर्ष नेताहरु सहमतिमा पुग्न नसकेपछि बिहीबार पुनः बस्ने गरी बैठक अन्त्य गरेका हुन् । बुधबार कार्यदलका सदस्यहरुलाई तयारी अवस्थामा राखेर शीर्ष नेताहरु छलफलमा जुटे पनि कुनै पनि दलले दाबी नछोडेपछि नेताहरु यसै उठेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार आजको बैठकमा कुनै पनि दलका नेताहरु आआफ्नो दाबीबाट दायाँबायाँ भएनन् ।

चुनावी तालमेल गर्दा आफूहरुले १०० सिट पाउनुपर्ने दावी नेपाली कांग्रेसले गरेको छ । माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् । आज पनि सबैले यही संख्यामा दावी गरेको बैठकमा सहभागी नेताले बताए ।

आज सहमति गर्ने भनिएपछि कांग्रेसले बिहान पार्टी पदाधिकारी र पूर्व पदाधिकारीसँग छलफल गरेको थियो । छलफलमा सहभागी अधिकांश नेताहरुले १०० बाट एक सिट पनि घट्न नहुने धारणा राखेका थिए । कांग्रेसले आफ्नो अडान नछोडेपछि अरु दलहरुले पनि दावी नछोडेका हुन् ।

https://ujyaalonepalnews.com/archives/24119

Previous articleमलेसियाका नाइट क्लबमा नाच्ने नेपाली युवतीको कथा: आफ्नो कला बेचेको छु, शरिर बेचेको छैन।
Next articleघरको ६ तलाबाट खस्दा दुई बालबालिकाको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।