‘संस्कृति मन्त्रीलाई संस्कार सिकाउने’ सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न काठमाडौँ सिडिओको अनुमति

१९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई छायाँ सेन्टरस्थित भिसा सेन्टरमा लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्डलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति पाएको छ । अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि सुरक्षागार्ड शेरजंग गुरुङलाई हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार यो अवधिमा शुक्रबार भएको भनिएको घटनाबारे विस्तृत अनुसन्धान हुनेछ । .

शुक्रबारसंस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा श्रीमती दलबल लिएर पुगेका थिए । एउटा कार्यक्रममा लागि मन्त्रालयका ६÷७ जनासहितको टोली क्यान्डा जाने तयारीमा थियो । त्यही अनुसार श्रेष्ठ दम्पत्ति पनि त्यहाँ पुगेका थिए । ‘गरुड सेक्यूरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङले उनीहरुलाई लाइनमा आउन भनेका थिए ।

तर एकजना प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजेका थिए । सुरक्षागार्डले रोकेपछि त्यहाँ विवाद भएको थियो । कार्यालय स्रोतका अनुसार छायाँ सेन्टरस्थित यो भिसा केन्द्र भारतस्थित दूतावास अन्तरगतको हो, त्यहीको नियम अनुसार सबैलाई लाइनमा राखेर पठाइन्थ्यो । तर मन्त्री नै आउँदा चाहिँ खबर भएको भए समन्वय गर्ने चलन थियो । तर खबर नगरी आएकाले समस्या भएको कार्यालयका एक अधिकारीले बताए ।

प्रत्यक्षदर्शीका अनुसार त्यतिबेला लाइन पनि २ जना मात्र थिए । ‘पर्खिएको भए पनि ठूलो कुरा थिएन’ उनले भने, ‘विवादले बरु झन् समय लम्बियो ।’ विवादपछि उनी भित्र गए, फर्किएर आएर यो विषय गृह मन्त्रालयमा जानकारी गराए । खबर प्राप्त हुने वित्तिकै प्रहरी वृत्त दरबारमार्गको टोलीले गुरुङलाई पक्राउ गरेको एसएसपी बोहोरा बताउँछन् ।

https://ujyaalonepalnews.com/archives/24212

Previous articleगर्भपतन गराउन नमान्दा हत्या प्रेमिकाको ह’त्या गरेर बाबुलाई भने : तपाईंकी छोरी हराइन्, म खोज्दै छु
Next articleप्रहरीको असई हुँ भन्दै ठग्दै हिड्ने दुईजना चितवनको जुटपानी बाट पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।