कञ्चनपुर : कञ्चनपुरका युवक कैलाली विमानस्थलमा एकजना युवकले प्रहरीले कु’टपिट गरेको आ’रोप लगाएका छन् । धनगढी विमानस्थलमा शनिबार बिहान प्रहरीले आफूमाथि कुट’पिट गरेपछि लफडा भएको कञ्चनपुरको बेल्डाडीका नरेश गिरिले जानकारी दिएका छन् । विमानस्थलको काउन्टरबाट घिसारेर उनलाई त्यहाँका प्रहरी इन्चार्ज सईको कार्यालयभित्र चुकुल लगाएर ४ जना प्रहरीहरुले नि’र्घात कुट’पिट गरेको आ’रोप लगाएका छन् ।
प्रहरीले कुटेर आँखामा चो’ट लागेको बताएका छन् । विमानस्थलको सुरक्षामा खटिएका प्रहरी बरिष्ठ हवल्दार कृष्णबहादुर पाण्डेयको टोलीले आफूमाथि आक्र’मण गरेको उनले बताए । उनी सौर्य एयरलाइन्सको जहाजमार्फत काठमाडौं उड्ने तयारीमा थिए । उनीसँग नगद ५ लाख भेटिएकाले प्रहरीले जहाजमा सुरक्षाका हिसाबले एक लाखभन्दा बढी रकम लैजान नमिल्ने बतायो ।
त्यस बेलासम्म जहाज उड्ने समय भइसकेको थियो। त्यसपछि गिरिले आफूसँग भएको पैसा (आफ्नो) दाईलाई विमानस्थलमै बोलाएर बुझाउने र जहाज रोकिदिन प्रहरीलाई आग्रह गरेको बताए। तर, प्रहरीले जहाज रोक्न नमिल्ने भन्दै जवाफ दिएपछि जहाज उडेको उनले बताए । उनले दाईलाई उक्त रकम बुझाइसकेको दाबी गरेका छन् ।
यता, विमानस्थलका प्रहरी इन्चार्ज (सई) समुद्र किशोर पन्तले भने कुट’पिट नगरेको बताएका छन् । जहाज छुटेपछि प्रहरीलाई गाली’गलौज गरेको भन्दै सम्झाइबुझाइ मात्र गरिएको उनले बताए । यद्यपी ड्युटीमा रहेका प्रहरी र बरिष्ठ हवल्दारसँग यसबारे आफूले बुझिरहेको उनले दाबी गरे।
https://ujyaalonepalnews.com/archives/24218


