डेढ महिने दूधे छोरी घरमै छाडेर किन नारायणीमा हाम्फालिन ऋचा ?

चितवन । झापाबाट सुत्केरी बस्न माइतीगाउँ चितवन खैरेहनी गएकी थिइन्, ऋचा उप्रेती । उपन्यासकार मिलन संग्रौलासँग प्रेमविवाहको तीन वर्षपछि १७ असारमा उनले छोरी जन्माइन् । शल्यक्रियाको घाउ निको भएपछि पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए । तर, ७ भदौको अपत्यारिलो घटनाले उनले ऋचालाई सकुशल घर फर्काउन भने पाएनन् । त्यो दिन बिहान साढे ११ बजेतिर छोरीलाई दूध खुवाएर ऋचा घरबाट निस्केकी थिइन् । नयाँ कपडा लगाएर निस्किँदा उनले टिकटक बनाउन नजिकै हजुरबुवा–आमाकहाँ जान लागेको भनेकी थिइन् ।

तर, हजुरबुवा–आमाकहाँ नगएर उनी १८ किलोमिटर पश्चिम नारायणी नदीको पुलमा पुगिन् । त्यो दिन नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको बन्द थियो । सायद त्यसैले नारायणघाट पुग्न उनलाई झण्डै तीन घण्टा लाग्यो । दिउँसोको साढे २ बजेतिर केही म्यासेजहरू लेखेर मोबाइल पुलमै छाडेर उनी नारायणीमा हाम्फालिन्  ‘अघिल्लो रात मसँग आधा घण्टा भिडियोकल भएको थियो । छोरीसँग उनी हाँसीखुसी थिइन्’, ऋचाका पति मिलनले भने, ‘बिहान पनि घरमा कुरा गरेकी थिइन् । बुबाआमालाई छोरी देखाएकी थिइन् । दिउँसो त्यस्तो निर्णय लिँदैछिन् भन्ने कल्पनासमेत भएन ।’

चितवन प्रहरीले उद्दार टोली खटाएर नारायणीको बर्खे भेलमा हराएकी ऋचाको खोजी गर्‍यो । तर, उनी भेटिइनन् । जति प्रयास गर्दासमेत फेला नपरेपछि परिवारले मन बुझायो । आइतबार १३ औँ दिनको सांस्कृतिक विधि पुर्‍यायो । ‘मनको पी’डा कसैलाई नभनेरै दूधे नानी छाडेर उनी गइन् । नियतिको खेल सहनुको विकल्प भएन’, मिलनले दुःख पोखे ।

ऋचाले किन लिइन् यस्तो निर्णय ?

ऋचा र मिलनले प्रेम सम्बन्धलाई २०७६ फागुनमा विवाहमा परिणत गरेका थिए । उनीहरूबीच सम्बन्ध प्रेमिल थियो । पेसाले इन्जिनियर मिलन उपन्यासकारका रूपमा पनि परिचित छन् । उनका च्याट गर्ल र पर्पला उपन्यास प्रकाशित छन् । ऋचा कान्तिपुर सीटी कलेज (केसीसी) बाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्दै थिइन् । ‘ऋचा चारवटै सेमेस्टर राम्रो ग्रेडसहित पास भएकी थिइन् । थेसिस सुरु गर्दै थिइन् । एक्कासि यस्तो दुःखद् खबर आयो’, केसीसीका पत्रकारिता विभागका प्रमुख राजीव तिमिल्सिनाले भने । एकाएक यस्तो घटना कसरी भयो ? पति मिलन भन्छन्, ‘हामीले थाहै नपाई उनलाई पोष्टपार्टम डिप्रे’शन भएछ । बुबाआमा र मैले चिन्ता गर्लान् भनेर पी’डा मनमै लिएर केही नभनेरै गइन् ।’

माइतीघर खैरेहनी गएपछि ऋचामा निद्रा नलाग्ने स’मस्या भयो । छोरीको स्याहार र दूध चुसाउन छिनछिनमा उठ्ने गर्दागर्दै उनको आँखाबाट निद्रा हरायो । भित्रभित्रै निरा’शाले गाँजेको थियो सायद । तर, उनले कहिल्यै अनुहारमा दुःख, पी’डा र निराशा नदेखाएको पति मिलन सुनाउँछन् । मा’नसिक रोग विशेषज्ञ डा बासुदेव रिजाल पोष्टपार्टम डिप्रे’शनका कतिपय बिरामीमा अरुलाई पीडा नदेखाइ बाहिरबाट हेर्दा हाँसीखुसी लक्षण पनि हुने बताउँछन् । ‘यसलाई हामी स्माइली डि’प्रेशन भन्छौँ । बिरामीको यस्तो व्यवहारले धेरैलाई झुक्याउँछ’, डा रिजाल भन्छन्, ‘मनमा दुःख, पी’डा र निराशा राखेर बाहिर सबै ठीकठाक छ भनेजसरी हिँड्दा कसैले अनुमानसम्म गर्दैनन् ।’

ऋचा उपचारका लागि चिकित्सककहाँ पनि पुगेकी थिइन् । चिकित्सकले अस्पताल भर्ना हुन सल्लाह दिएका पनि थिए । तर, उनी ‘नानीलाई लिएर अस्पताल बस्न गाह्रो हुन्छ, नियमित औषधि खान्छु’ भनेर घर फर्केकी थिइन् । आफूमा बढ्दै गएको बेचैनी, निराशा र अनिद्राबारे उनले बहिनीलाई बताएकी थिइन् । तर, बुबाआमा र आफूले थाहा पाए चिन्ता गर्छन् भनेर कसैलाई नभन्नु भनेकी थिइन् । त्यसैले पोष्टपार्टम डि’प्रेशनको अन्तिम तहमा पुग्दासमेत मिलन र बुबाआमाले थाहपत्तो पाएनन् । ‘निद्रा नलागेको भन्थिन् । त्यसलाई हामीले सामान्य रूपमा लियौँ । त्यो नै गल्ती भयो’, उनले भने ।

के हो पोष्टपार्टम डिप्रेशन ?

मान’सिक रोग विशेषज्ञ डा बासुदेव रिजाल गर्भावस्था र बच्चा जन्मिइसकेपछि धेरै आमामा देखिने ड’रचिन्ता र निराशा बढ्दै जाँदा पोष्टपार्टम डिप्रे’शन हुने बताउँछन् । उनका अनुसार, हरेक सुत्केरी आमामा एकखालको ड’र चिन्ता उत्पन्न हुन्छ । त्यसलाई पोष्टपार्टम ब्लुज भनिन्छ । ७० देखि ८० प्रतिशत सुत्केरीमा त्यो स’मस्या हुने गरेको उनी बताउँछन् । त्यो समस्या सामान्य र अस्थायी खालको हुन्छ । सुत्केरीलाई ७२ घण्टासम्म त्यो ड’र चिन्ता र निराशाले सताउने रिजालको भनाइ छ ।

केही सुत्केरीमा लामो समय असर हुने स’मस्या देखिन्छ, जसलाई पोष्टपार्टम साइकोसिस भनिन्छ । डा रिजालका अनुसार, त्यस्ता सुत्केरीमा यो बच्चा किन जन्मियो भन्ने भावना जन्मिन्छ । ‘यो बच्चाले मलाई हा’नी गर्नसक्छ भनेर आमाले बच्चा स्याहार्नै छाड्छन् । कतिपयले मेरो बच्चा हैन भनेर अस्वीकारसमेत गर्छन्’, उनले भने । त्यस्तो समस्या २० देखि २५ प्रतिशत सुत्केरीमा देखिने गरेको छ ।

पोष्टपार्टम डि’प्रेशन साइकोसिसकै एउटा पाटो हो । यसमा आमाले बच्चाको स्याहार नगर्ने, खाना पनि नखाने, सामान्य सरसफाइमा पनि ध्यान नदिने लक्षण देखिन्छ । ‘यो डि’प्रेशन बढ्दैजाँदा कतिपयले बच्चा र आफूलाई नै हानी पुग्ने गतिविधि गर्नसक्छन्’, डा रिजालले भने, ‘त्यस्ता सुत्केरीलाई तत्काल औषधि उपचार सुरु गरिएन् भने आत्म’हत्याको तहमा पुग्छ ।’ खाना नखाने र आफू तथा बच्चालाई हानी पुर्‍याउने तहमा पुगेका बिरामीलाई करेन्ट लगाएर द्वितीय उपचार गर्नुपर्ने हुनसक्ने उनी बताउँछन् ।

मान’सिक रोग विशेषज्ञ डा रिजालको अनुभवमा समाजमा प्रायः सम’स्या देखिए पनि धेरैलाई पोष्टपार्टम डि’प्रेशनबारे जानकारी नहुँदा क्षति ब्यहोरेपछि मात्र थाहा पाउने अवस्था छ । ऋचाको घटना विश्लेषण गर्दा उनले नारायणीमा हाम्फाल्ने योजना पहिल्यै बनाएको देखिन्छ । उनी टिकटक बनाउने निहुँमा नयाँ कपडा लगाएर निस्किन्छिन् । बन्द–हड्तालको पर्वाह नगरी १८ किलोमिटर टाढा नारायणी पुग्छिन् र, हाम्फाल्छिन् । पति र बहिनीका लागि म्यासेजको तयारीसमेत उनले पहिल्यै गरेको देखिन्छ ।

डिप्रे’शनमा आ’त्महत्याको यति लामो योजना हुन्छ ? डा रिजालका अनुसार, डि’प्रेसनका बिरामीले धेरै अगाडिदेखि नै आ’त्महत्याबारे सोच्ने, योजना बनाउने र आवश्यक तयारी गर्ने गर्छन् । ‘हाउभाउ, व्यवहार हेरेर तपाईं अनुमान गर्न सक्नुहुन्न । सँगै बस्नेले उसको बानीव्यहोरा र संवादबाट सोचाइ र भावना बुझनुपर्छ’, उनले भने । डा रिजालको अनुमानमा ऋचालाई स्माईलिङ डिप्रे’सन भएको हुनसक्छ । त्यस्ता बिरामी हेर्दा खुसी देखिने तर मन द्वन्द्वात्मक अवस्थामा रहने सम’स्याबाट ग्रस्त रहने उनी बताउँछन् ।

नेपालमा गर्भावस्था तथा सुत्केरीमा प्रजनन स्वास्थ्यभन्दा पनि डि’प्रेशन र आत्म’हत्याको अवस्था कहालीलाग्दो रहेको डा रिजाल बताउँछन् । केही वर्षअघिको एक अध्ययनले १५ देखि ४९ वर्षका महिला मृत्यु’मा प्रजनन् स्वास्थ्यका कारण १२ प्रतिशतको ज्यान गएकोमा आत्म’हत्याबाट मृत्यु हुनेको संख्या १६ प्रतिशत देखाएको थियो ।

सुत्केरीलाई किन हुन्छ डिप्रेशन ?

स्त्रीरोग विशेषज्ञ डा कृति पाल नेपाली महिलामा गर्भावस्था वा सुत्केरीपछि डिप्रे’सनको उच्च जो’खिम देखिएको बताउँछन् । ‘जसलाई पहिले अलिकति डि’प्रेशन थियो, त्यस्ता महिलामा गर्भावस्था वा सुत्केरी अवस्थामा त्यो बढेर देखिन्छ’, उनी भन्छन् ।

पोष्टपार्टम डि’प्रेशन किन हुन्छ रु डा पालका अनुसार, गर्भावस्था महिलाका लागि एकदमै गाह्रो अवस्था हो । महिलाले गर्भमा ३ देखि ४ किलोको तौलको बच्चा नौ महिनासम्म बोकेर हिँडेको हुन्छ । बाहिरबाट हेर्दा त्यो सामान्य लाग्नसक्छ, तर महिलालाई त्यसले पी’डा भइरहेको हुन्छ ।

त्यसमै प्रसव पी’डा थपिन्छ । बच्चा जन्मिएपछि स्याहारसुसारसमेत आमाले नै गर्नुपरेपछि सुत्केरीले आराम नपाउँदा अनिदो हुने गरेको डा पाल बताउँछन् । ‘बच्चालाई आमाले आफैँसँग सुताउनुपर्छ । दुईदुई घण्टामा उठेर दुःख खुवाउनुपर्छ । बच्चाको दिसापिसाब सुत्केरीले नै सफा गर्नुपर्छ’, उनी भन्छन्, यो सबै गर्दा आमालाई निद्रा पुग्दैन, आराम पुग्दैन । महिनौ लामो पी’डाबाट गुज्रिनुपर्दा पहिले नदेखिएको डिप्रे’शन पनि देखा पर्छ ।’

पोष्टपार्टम डिप्रे’शनका कारण मान’सिक रोग नभएका महिलालाई पनि पहिलो ६ हप्ता त्यो समस्या देखिनसक्ने डा पाल बताउँछन् । उपचारका लागि अस्पताल भर्ना भएर सुत्केरीसमेत छतबाट हाम्फालेको आफूले देखेको उनले बताए । गर्भवती र सुत्केरीको स्याहारमा विशेषतः श्रीमान र घरपरिवार सघाउनुपर्ने उनी बताउँछन् । ‘आमालाई आराम दिनुपर्छ । निद्रा पुग्न दिनुपर्छ । पोष्टपार्टम डिप्रे’शन आरामसँग जोडिन्छ’, डा पालले भने । – जनक नेपाल/शिलापत्र

https://ujyaalonepalnews.com/archives/24245

Previous article‘राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्ने सिपाहीको बढुवा
Next articleBreaking.. पल शाहलाई २ वर्ष ६ महिना कैद, १० लाख क्षतिपूर्ति दिनुपर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।