विद्यालय हिंडेका ३ बालकलाई बेहोस बनाएर कसले पुर्यायो मुम्बई ??

भाद्र २६, २०७९ — बुटवल उपमहानगरपालिकाबाट हराएका तीन बालक भारतको पुनेमा फेला परेका छन् । उनीहरुले भिडियो कलमार्फत अभिभावकसँग कुरा गरी आफूहरु मुम्बईको कुर्ला स्टेसन पुगेको बताए । शुक्रबार घरबाट विद्यालय जाँदा बेपत्ता भएका ती बालकले आफूहरु बुद्धनरगसम्म पुगेको याद भएको र त्यसपछि एकैचोटि रेलमा पुने पुगेको बताएको हराएकामध्ये एक सागर पौडेलका पिता कृष्ण पौडेलले बताए ।

उनले आफ्ना छोराले शनिबार दिउँसो सन्देश पठाएर आफूहरु रेलमा अचेत अवस्थामा पुने पुगेको जानकारी गराएका थिए । बेपत्तामध्ये समीर लम्सालका बुबा सोही स्थानमा रहेको र उनले नै तीनै जनालाई सकुशल फेला पारी राखेको पौडेलले जनाए । ‘बाबुले पहिले हामी अफ्ठ्यारोमा छौं, बचाउनुस् बाबा’ भनेर म्यासेज पठाएको थियो,’ उनले भने, ‘अरुको मोबाइल र साथीको मोबाइलबाट छोराले लोकेसन स्टाटस समेत पठाएकाले खोजतलास गर्दै उनीहरु भेटिए ।’

बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ गएपनि विद्यालयसमेत नपुगी बेपत्ता भएका थिए ।

शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि उनीहरूको खोजी सुरु भएको थियो । प्रहरीको सक्रियतामा उनीहरू मुम्बईमा भेटिएको १५ वर्षीय बालक सागरका मामा राजु पन्थीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

 

https://ujyaalonepalnews.com/archives/24314

Previous article‘रमाइलाे गर्न नाइट क्लव जाँदा बलात्कारीकाे जालमा परेँ’
Next article१३ वर्षकी बालिकालाई अस्थायी साधन प्रयोग गराएर बालगृहमा यौ’न धन्दा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।