रत्ननगर खानेपानीको अध्यक्षमा अर्याल र सचिवमा डल्लाकोटी चयन

रत्ननगर, भदौ २८ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद अर्याल चयन भएका छन् । संस्थाको १२औं बार्षिक साधारण सभा तथा छैंठौ अधिवेशनले अर्याललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अर्याल नेपाली कांग्रेसका नेता हुन । उपाध्यक्षमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा, सचिवमा एमालेका प्रताप डल्लाकोटी र कोषाध्यक्षमा एकीकृत समाजबादीकी सरस्वती लामा निर्विरोध निर्वाचित भएका हुन ।

महिला सदस्यमा एमालेबाट लक्ष्मीदेवी लामिछाने र मीना श्रेष्ठ, माओवादी केन्द्रबाट शशीकला प्रधान तथा खुल्ला सदस्यमा कांग्रेसबाट केशवनारायण श्रेष्ठ र इश्वर प्रसाद खनाल चयन भएका छन् । लेखा समिति संयोजकमा माओवादी केन्द्रका जीवनलाल नगरकोटी र सदस्यहरुमा कांग्रेसबाट कृष्णप्रसाद घिमिरे र समाजबादीबाट पार्वती घिमिरे चयन भएका हुन ।

सहमतिको आधारमा खानेपानीको नेतृत्व चयनका लागि कांग्रेसका नगर सभापति समेत रहेका रत्ननगरका मेयर प्रल्हाद सापकोटा संयोजक रहेको कार्यदल बनाइएको थियो । चार प्रमुख दलका नगर नेतृत्वको कार्यदलले पद बाडफाँड गरी खानेपानीको समिति सर्बसम्मत गरेका हुन ।

https://ujyaalonepalnews.com/archives/24341

Previous article‘सन्दीपलाई फसाउने केटी’ भन्दै निर्दोष युवतीको चरित्रहत्या, युवतीले दिइन् साइबर ब्यूरोमा उजुरी
Next articleचितवनमा मनिट्रान्सफर डाँका गरेर पैसा लुटेको आरोपमा एक जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।