पौडी खेल्ने क्रममा डुबेर एकैठाउँमा तिन बालकको मृत्यु

0
50

मकवानपुर — हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका तीन जना बालकहरूको सनाखत भएको छ । हेटौंडा–५ र ७ को सिमानामा रहेको कर्रा खोलास्थित नागदहमा डुबेर शुक्रबार साँझ उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ ५ बजेतिर पौडी खेल्न खोलामा हाम फालेका चार जनामध्ये तीनजना बेपत्ता भएका थिए । एक जना भने दहबाट पौडिएर निस्किएका थिए । प्रहरीका अनुसार खोलामा डुबेर हेटौंडा–१५, फारलाइनका १७ वर्षीय साहिल लामा, १२ वर्षीय कार्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको मृत्यु भएको हो ।

मृतकसँगै खोलामा पसेका हेटौंडा–८ का रियान्स माझी भने तैरिएर बाहिर निस्किएका थिए । माझीले नै स्थानीयलाई साथीहरु खोलामा डुबेको भनेर खबर गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलामा डुबेको बालकको खोजी गरेका थिए । उनीहरुको शव घटनास्थलभन्दा केही तल खोलामा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

करिब दुई घण्टापछि सुरक्षाकर्मीको टोलीले उनीहरुको शव फेला पारेको हो । उनीहरुको हेटौंडा अस्पतालमा पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएका छ ।

https://www.ujyaalonepalnews.com/archives/24445

Previous articleकंकाली युवा जागरण क्लबले चंगाचेट फेस्टिवल र सांस्कृतिक कार्यक्रम गर्दै
Next articleचितवनका सञ्चारकर्मी रामु आचार्यको पहिलो कोसेली ‘पानी सेती’ को सार्वजनिक