चितवनमा दुर्घटना: मोटरसाइकल पल्टेर लडेका व्यक्तिलाई ट्रकले किच्यो

0
70

आश्विन १४, चितवन — नारायणगढ-मुग्लिन सडकमा बिहीबार साँझ मोटरसाइकल पल्टेर सडकमा पछारिएका व्यक्तिलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार बिहीबार साँझ सात बजेतिर भरतपुर महानगरपालिका-२९ सिमलतालमा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा प्र ०६-०१ प १९८० नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।

मोटरसाइकलको पछाडि बसेका भरतपुर-२ मा बस्ने भारतीय नागरिक १९ वर्षीय महमद सकिल साहलाई सडकमा लडेका बेला मुग्लिनतर्फ जाँदै गरेको लु २ ख ५५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करका कारण उनको घटनास्थलमै ज्यान गएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

मोटरसाइकल चालक ३० वर्षीय अकबर शाह सकुशल रहेको पण्डितले बताए । ट्रक चालक स्याङ्जा गल्याङका अर्जुन पचभैया मगरलाई मुग्लिन इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । ( तस्वीरः सांकेतिक रुपमा प्रयोग गरिएको।)

https://www.ujyaalonepalnews.com/archives/24502

Previous articleकंकाली युवा जागरण क्लबले चंगाचेट फेस्टिवल र सांस्कृतिक कार्यक्रम गर्दै
Next articleचितवनका सञ्चारकर्मी रामु आचार्यको पहिलो कोसेली ‘पानी सेती’ को सार्वजनिक