चितवन-१ बाट राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिने

राप्ती, असोज २३ । चितवन क्षेत्र नम्बर १ बाट राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ टिकट नदिए पछि आज मनोनयन दर्ताको दिन उनले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।

यस उम्मेदवारीलाई उनले बिद्रोहको रुपमा लिएका छन् । चितवन-१ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा काँग्रेसबाट विश्व पौडेलले टिकट पाएका छन् । काँग्रेसले पार्टीमा केही योगदान नभएको व्यक्तिलाई उम्मेदवारको लागि अगाडि सारेको उनको भनाइ छ ।

पार्टी नेतृत्वले जनताको मन नबुझेको उनले बताएका छन् । वि.सं. २०३७ देखि सक्रिय राजनितीमा लागेका बुर्लाकोटी उसअघि दुइ पटक सम्म पार्टीका उम्मेदवार भइसकेका छन् । उनी दुबै पटक एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए । आफू उम्मेदवार हुँदा लोकप्रिय मत ल्याएको उनले दाबी गरेका छन् ।

कार्यकर्ताको मनोबल राख्नको लागि आफूले उम्मेदवारी दिन लागेको उनले बताए । यस्तै प्रदेश-१ ‘क’ तर्फ धनराज गुरुङले उम्मेदवारी दिने भएका छन् । २०७४ को निर्वाचनमा गुरुङ पराजित भएका थिए । अहिले प्रदेश-१ ‘क’ मा किरण वलीले टिकट पाएका छन् ।

https://ujyaalonepalnews.com/archives/24586

Previous articleसात वर्षका २ जुम्ल्याहा छोरालाई झु’ण्ड्याएर बाबुले पनि गरे आ’त्महत्या
Next articleचितवन काँग्रेसमा विद्रोह: १ ‘क’ बाट धनबहादुर गुरुङले स्वतन्त्र उम्मेदवारी दिदैँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।