जन्ती बाेकेकाे ट्याक्टर दुर्घटना हुँदा तीनकाे मृत्यु, चार जना गम्भीर घाइते

Click Image

बागलुङको तमानखोलामा बिहीबार साँझ जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका-१ बोंगादोभानमामा जन्ती बोकेर आएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३ बुलबुलेमा दुर्घटना भएको हो।

दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रिता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए। दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन्।

म्याग्दीको मालिका गाउँपालिका-२ का ४८ वर्षीया मनप्रसाद पुन, २९ वर्षीय चालक रमेश घर्ती, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीया गौमाया पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेको स्थानीय र प्रहरीले उद्धार गरि स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ। थप उपचारका लागि जिल्ला सदरमुकाम वा पोखरा पठाउने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा सवार अरू ७ जनाभन्दा धेरै सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। झण्डै ३५ जना सवार ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ। विस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

आजको राशिफल : फाल्गुन १३ गते, मंगलबार

Previous articleहलिउडका कलाकार डग्लसको १०३ वर्षको उमेरमा निधन
Next articleअब छोरीले छोराको मुखमा एसीड खन्याउने अवस्था सृजना गर्दैछौं : मुख्यमन्त्री राउत (भिडियाे)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।