भरतपुर । सोमबार विहान करिब साढे पाँच बजेको समयमा इच्छाकामना गाउँपालिका वडा नं ४ रमाइलोडाँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्य भएको छ । भने मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन् ।
नवलपरासीबाट काठमाडौ तर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकमा बिपरित दिशाबाट आउदै गरेको ना ४७ प ९११६ नम्बरको मोटरसाइकलन ठोकिदा मोटरसाइकल चालक सर्लाहीको बाग्मती न.पा.१० बस्ने २५ बर्षीय सुनिल सिंहको मृत्यु भएको छ ।
सोही मोटरसाइकल पछाडि सवार बाग्मती नगरपालिका ८ बस्ने १९ बर्षीया निसा मगरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक श्रीगण शारदल गण बुटवलमा ार्यरत सिपाई रहेको प्रहरी प्रबक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । (तस्विर:सांकेतिक)
चितवनमा साँझ ९ बजेपछि देउसी भैलो खेल्न प्रशासनको रोक

चितवन, कात्तिक ७- चितवन प्रशासनले साँझ ९ बजेपछि देउसी भौलो खेल्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै यस वर्षको तिहारमा साँझ ९ बजेसम्म मात्र देउसी भैलोको कार्यक्रम राख्न निर्देशन दिएको हो ।
प्रशासनले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा भएर निर्वाचन आचारसंहिता जारी भएकोले केही शर्तहरु पालना गर्न जरुरी भएको उल्लेख गरेको छ । प्रशासनले आचारसंहिता विपरित राजनीतिक विषयवस्तु समावेश नगरी देउसी भैलो खेल्न पनि आग्रह गरेको छ ।

https://ujyaalonepalnews.com/archives/24710



