भरतपुर । चितवनको माडीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार भएका छन्। माडी नगरपालिका–६ रामराज्यपुरस्थित आफ्नै घरमा अन्दाजी २०/२२ वर्षीय राजन गुरुङले आफ्ना बुबा ६५ वर्षीय रामबहादुर गुरुङको निधारमा हिजो राती साढे ११ बजेको समयमा खुकुरी प्रहार गरी फरार भएका छन्।
खुकुरी प्रहारबाट घाइते भएका रामबहादुर गुरुङको बघौडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि चितवन मेडिकल कलेज ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। घाइतेको निधारमा गहिरो चोट लागेको उनले बताए। खुकुरी प्रहार गर्ने व्यक्तिको खोजि कार्य भइरहेको पण्डित जानकारी दिए।

घरको झ्यालबाट खसेर २ वर्षीया बालिकाको मृत्यु
काठमाडौंको बागबजारमा एक घरको झ्यालबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार आइतबार बेलुकी करिब ९ बजे बागबजारको एक घरबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको हो ।
नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर रियासा महर्जनको मृत्यु भएको प्रहरीले बताएको छ । झ्यालबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो उपचारका क्रममा उनको गए राति मृत्यु भएको हो ।
https://ujyaalonepalnews.com/archives/24812


