लघुवित्तीय संस्था पीडित महिलाको समस्या सामधान गर्छु: शैलेस

रत्ननगर । नेकपा एमालेका जिल्ला सचिव तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल शैलेसले लघुवित्तीय संस्थाबाट पीडित बनेका महिलाहरुको समस्या आफुले सामधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

रत्ननगर नगरपालिका वडा नं ८ मा पीडित महिलाहरुको गुनासो सुनेपछि उम्मेदवार खनालले लघुवित्तीय संस्थाहरुले महिलाहरुलाई मृत्यसको मुख सम्म पु¥याएको भन्दै यसबाट छुटकरा दिलाउन आफुले सार्थक प्रयास गर्ने बताए ।

यो राष्ट्रिय समस्याको रुपमा अगाडि आएको छ उनले भने अहिलेको सरकारले केही गर्न सकेन अब मैले प्रयास गर्नेछु । छलफलका क्रममा उनले लघुवित्तीय संस्थाकोे दमनबाट नआत्तिन महिलाहरुलाई आग्रह गरे । उनले सरकारको आर्थिक नीति कमजोर भएका कारण महिलाहरुले समस्या झेल्नु परेको बताए ।

उनले एमालेको अब बन्ने सरकारले उद्यमी महिलाहरुलाई विना व्याज ऋण प्रदान गर्ने बताए । कार्यक्रममा स्थानीय टेककुमारी चौधरी,सन्जु चौधरी लगायतका महिलाहरुले लघुवित्तीय संस्थाले गर्दै आएको धरपकटका बारेमा उम्मेदवार खनाललाई जानकारी गराएका थिए ।

https://ujyaalonepalnews.com/archives/24868

Previous articleसुरेन्द्र पाण्डेको विकासका कार्यक्रम: चालु आर्थिक वर्षमा मात्रै १० वटा पुल , ३० करोडको सडक निर्माण योजना
Next articleगणेश मन्दिरमा शंखघण्ट बजाएर गठबन्धनको घरदैलो सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।