राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको कुरिटनारमा गठबन्धनका कार्यकर्ताले आफ्नो चुनावी टोलीमाथि आक्रमण गरेको आरोप लगाएको छ । पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिनमा गाडी तोडफोड भएको हो ।
रवि लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्यालीबाट आक्रमण भएको सो पार्टीका नेता दीपक बोहराले बताउनुभयाे ।
घटना लगत्तै उम्मेदवार लामिछानेले आक्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको र त्यसपछि पनि ती व्यत्ति चुनावी र्यालीमा रहेको बताउनुभयाे ।
लामिछाने चितवन २ बाट उम्मेदवार छन् भने सो क्षेत्रमा गठबन्धनबाट विना विभागीय मन्त्री उमेश श्रेष्ठ प्रतिस्पर्धामा छन् भने एमालेबाट कृष्णभक्त पोखरेल हुनुहुन्छ।
स्वतन्त्र पार्टीले आक्रमणमा कांग्रेस चितवनका जिल्ला सदस्य अनमोल अधिकारी,भरतपुर महानगर समितिका सचिव कृष्ण वाग्लेलगायतका समूह संलग्न रहेको दाबी गरेको छ ।
https://ujyaalonepalnews.com/archives/24926


