काठमाडौं ४ मा गगन थापाको जित निश्चित

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो । काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।

देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ १९०९ मतले अघि

६ मंसिर, लमजुङ । लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरूङले अग्रता लिएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई १९०९ मतले पछि पारेका हुन् । एमालेका गुरुङले ९१०९ मत ल्याउँदा माओवादीका देव गुरूङले ७२०० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ७७१ मत ल्याएका छन् ।

भोजपुरमा प्रदेश १ का पूर्वमुख्यमन्त्रीलाई पछाडि पार्दै किराँतीको अग्रता

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भोजपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री एमालेका उम्मेदवार शेरधन राईलाई पछाडि पार्दै निवर्तमान प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका सुदन किराँतीले अग्रता लिएका छन् ।

निर्वाचन क्षेत्रको कार्यालयका अनुसार भोजपुर निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार सुदन किराँतीले १ हजार ५ सय ४१ मत ल्याई अग्रता लिइरहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार शेरधन राईले १ हजार ८५ मत प्राप्त गरेका छन् ।

 

 

https://ujyaalonepalnews.com/archives/25049

Previous articleचर्चित संचारकर्मी महाविर विश्वकर्माको सवारी दुर्घटनामा निधन
Next articleचितवन क्षेत्र नं. १ को ताजा परिणाम ( ११:५० बजे )
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।