५ पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कपकाे सेमिफाइनलमा

0
190

काठमाण्डाै – पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । कतारकाे एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा क्राेएसियाले ब्राजिललाई चार–दुई गाेलले हरायाे ।

यसअघि निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे । थपिएकाे समयमा ब्राजिलका लागि नेयमारले गाेल गरे । तर त्याे अग्रता धेरै बेर टिकेन । क्राेएसियाका लागि ब्रुनाे पेटकाेभिकले गाेल गर्दै खेल एक–एककाे बराबरीमा पुर्‍याए । त्यसपछि खेल पेनाल्टी शुट आउटमा पुगेकाे हाे । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्व कपकाे उपाधि जितेकाे थियाे ।

नेमारले बराबरी गरे पेलेको कीर्तिमान

२३ मंसिर, काठमाडौं । ब्राजिलका फरवार्ड नेमारले महान खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका छन् । कतारमा जारी विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् ।

नेमारकै गोलमा ब्राजिलले क्रोएसिया विरुद्ध अग्रता लिएको थियो । नेमारले १२४ खेल खेल्दै ७७ गोल गरेका हुन् । पेलेले ९२ खेलमै ७७ गोल गरेका थिए ।

https://www.ujyaalonepalnews.com/archives/25272

Previous articleमाधव नेपालको ओरालो यात्रा : सबैभन्दा ठूलो पार्टीको प्रमुखदेखि ‘एक्ला सांसद’ सम्म
Next articleआज पनि रोनाल्डो पहिलो रोजाइमा परेनन्