नदीमा जेसिबी खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

कालीकोट, मङ्सिर २४ गते। कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ को अधेरीखोलामा जेसीबी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा तीन जना कर्णाली नदीमा बेपता भएका छन्। अन्य दुई जना घाइतेको भने उपचार भइराखेको छ।

फुकोट कर्णाली हाइड्रोपावरको सुरुङ खनिरहेको ठाउँमा पानी जमेको निरीक्षण गर्न गएको जेसीबी फर्किने क्रममा दुर्घटना भएको हो। दुघर्टना सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय चरित्र सार्की, वडा नम्बर २ बस्ने १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएपछि उपचारका लागि कालीकोट जिल्ला अस्पताल पुर्याइएका रास्कोट नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीय मिलन शाहीको उपचारका क्रममा मृत्यु भएको छ। जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको छ।

जेसीबी चालकसहित तीन जना बेपत्ता भएको कालीकोटका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवराज बमले जानकारी दिनुभयो। दुर्घटनामा मृत्यु हुनेदेखि बेपत्ता सबै स्थानीय रहेको प्रहरीले जनाएको छ। चालक भने कर्णाली हाइड्रोपावरका कर्मचारी भएको बताइएको छ।

https://ujyaalonepalnews.com/archives/25291

Previous articleसमानुपातिक तर्फ नेपाली कांग्रेसले छानेको ३२ सांसदमा को को परे ?
Next articleबागमती प्रदेशसभामा चितवनबाट १२ जनाको प्रतिनिधित्व
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।