अर्जेन्टिनी कप्तान मेस्सी बने विश्वकपको सर्वोत्कृष्ट खेलाडी

0
57

काठमाण्डाै – फिफा विश्व कप कतार–२०२२ को उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गरेका मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई गोल गरे ।

प्रतियोगितामा फ्रान्सका किलीयन एम्बाप्पेले सिल्भर बल तथा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि प्राप्त गरेका छन् । क्रोएसियाका लुका मोड्रिचले ब्रोन्ज बल हात पारे । प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई गोल्डेन, सिल्भर र ब्रोन्ज बल प्रदान गर्ने गरिन्छ । अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्व कप कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् ।

अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले जिते गोल्डेन ग्लोभ

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्व कप कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्व कप सहभागितामै जित्न सफल भएका हुन् । अर्जेन्टिनालाई विश्व कप उपाधि दिलाउन उनले निर्णायक भूमिका खेले ।

उनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्ससँग टाइब्रेकरमा महत्त्वपूर्ण बचाउ गरे । मार्टिनेजले यसअघि गएको वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । यो प्रतियोगितामा फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् ।

https://www.ujyaalonepalnews.com/archives/25416

Previous articleचितवनमा दुई दिनमा दुईवटा गैँडा मृत फेला
Next articleसर्वोच्चको आदेश पछि रवि लामिछानेलाई सांसदको शपथ लिन बाटो खुला